|

अब साउदी अरबले महिलाहरूलाई पनि सेनामा भर्ना गराउने भएको छ। बुधबार साउदीका पराराष्ट्रमन्त्रीले ट्विटमार्फत अब साउदीले महिलालाई पनि सेनामा भर्ना गराउने निर्णय गरेको उल्लेख गरेका हुन्। उनले महिला सशक्तीकरणका लागि यो अर्को पहल हुनेसमेत उल्लेख गरेका छन्।

साउदीको नयाँ निर्णय आर्थिक र सामाजिक क्षेत्रमा व्यापक सुधार कार्यक्रममा आधारित रहेको बताइको छ। कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी अरेबियाले पछिल्लो समय महिलाका सन्दर्भमा खुकुला नियमहरू अपनाउन थालेको छ।

यसअघि महिलावादीहरूले महिलाहरूलाई समान अधिकार नदिएको र सरकारले महिला सशक्तीकरणमा चासो नदेखाएको आरोप लगाउने गरेका थिए। तेलका कारण समृद्ध साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले महिला अधिकारका लागि केही खुकुला नीतिहरू अघि सारिरहेका छन्।

यसअघि उनले महिलाले पनि हो होटलको कोठा भाडामा लिएर बस्ने नियम लागू गराएका थिए। साउदी अरेबियाको पर्यटन विभागले एक विज्ञप्ति प्रकाशन गरी एकल भ्रमणमा निस्केका साउदी महिलाले पनि वैधानिक परिचयपत्रका आधारमा यो सुविधा उपभोग गर्न पाउने बताएको थियो। विगतमा होटलमा बस्न चाहने दम्पतीले पनि विवाहित रहेको कागजात होटलसमक्ष प्रस्तुत गर्नुपर्ने नियम थियो।

यसका साथै साउदी विदेशी अविवाहित जोडीले पनि होटलको कोठा भाडामा लिन पाउने नियम लागू भएको छ। पर्यटक भिसामा सरलीकरण गरी पर्यटक भिसा जारी गर्न थालेपछि १० दिनको अवधिमा २४ हजार पर्यटकले साउदी अरेबियाको भ्रमण गरेको साउदी सरकारी टेलिभिजनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.