|

लेबनान मध्यपूर्वमा पर्ने मुस्लिम धर्मावलम्बीको बाहुल्य भएको देश हो। जहाँ हिजोआज गरिबीको कारणले सामूहिक विवाह गर्नेको संख्या दिनप्रतिदिन बढदै गइरहेको छ। गएको एक महिनामा लेबनानमा ठूला-ठूला वैवाहिक कार्यक्रम सम्पन्‍न भइसकेका छन्।

न्युयोर्क टाइम्सका अनुसार महँगीको कारणले त्यहाँका मानिस सामूहिक विवाहमा आकर्षित भइरहेका छन्। लेबनानले मात्र यो सामूहिक विवाहको समर्थन गरेको छैन, विदेशी राष्ट्र र विभिन्न राजनीतिक दलले पनि यसको समर्थन गरिरहेको छ।

हालै मात्र लेवनानको विद्रोही समूह हिजबुल्लाले ३१ जोडीको विवाह सम्पन्न गराएको थियो। भविष्यमा उनीहरूका सन्तान एकदिन विद्रोही समूहको सदस्य बन्ने विश्वासले विद्रोही समूहले विवाह गराएको हो।

यस वर्षको सुरुवातीमा १९६ जोडी विवाह बन्धनमा बाधिएका थिए। उक्त विवाहको समर्थन प्यालेष्टाइनको राष्ट्रपति महम्मुद अब्बासले समेत समर्थन गरेका थिए। गाजा क्षेत्रका नागरिक इजरायली सैनिकको गोलीबाट त्रसित छन। त्यस क्षेत्रका नागरिकको विवाह गरिदिन विदेशीहरू सदा तयार छन्।

२०१५ मा युएइले २ सय जोडीको विवाह गरिदिएको थियो। लगतै टर्कीले  २ हजार जोडीको पनि विवाह सम्पन्न गराएको हो। यसमा प्यालेष्टाइनको विद्रोही समूहले पनि सहभागी जनाएका थिए। लेबनानको सबैभन्दा ठूलो क्रिश्चियन धर्मावलम्बीको संगठन मैरोनाइटले विवाहको आयोजना गर्ने गरेको थियो।

विवाह गर्ने रहर भएर पनि आर्थिक अभाव भएकाले सामूहिक विवाहमा सहभागी हुन इच्छा गर्ने गरेको पाइएको छ। सामूहिक विवाहमा सहभागी रोनी अबु जैद भन्छन्, 'मानिस सबै कुराको ख्याल गर्छन्। अल्लाहले सबै उपहार दिएका छन्।' रोनी सैनिक हुन उनलाई विवाह गर्नको लागि २० हजार डलरको जरुरी हुन्थ्यो त्यसैले उनले सामूहिक विवाहमा उनी सामेल भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.