|

चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भारतको चेन्नाईमा भव्य स्वागत गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चेन्नईको महाबलीपुरममा सीलाई स्वागत गरे। चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न मोदी परम्परागत धोती पहिरनमा पुगेका थिए। भेटपछि दुवै नेताको मुस्कुराहटसहितको तस्वीर सार्वजनिक भएको छ।

सी शुक्रबार दिउँसो चेन्नई पुगेका हुन्। भारत-चीन अनौपचारिक समिटमा सहभागी हुन पुगेका दुई नेताबीच शुक्रबार र शनिबार महत्वपूर्ण छलफल हुनेछ। काश्मिरको विषयमा दुवै नेताबीच गम्भीर कुराकानी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारत भ्रमणपछि चिनियाँ राष्ट्रपति सी शनिबार नेपालको दुई दिने भ्रमणमा आउँदै छन्।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.