|

दैलेख : जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगरपालिकावासीहरूलाई यातायात सुविधाको पहुँचमा सहज बनाउने उद्देश्यका साथ नगर बस सञ्चालनमा ल्याएको छ। 

कर्णाली प्रदेशमै पहिलो पटक नगर वासीलाई यातायात सुविधाको पहुँचमा सहज बनाउने उद्देश्यका साथ नगरपालिकाको पालेतादेखि तिज डाँडासम्म बस सेवा सञ्चालन गरिएको नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले बताए। 

गाउँमा कोही बिरामी पर्दा गाडी नपाउने महँगो भाडा तिर्नु पर्ने जन गुनासो आउने गरेको र सानै कामकालागि महँगो भाडा तिरेर गाडी रिर्जब गरी जानुपर्ने बाध्यता भएकाले नगरपालिकाले जनताको सहजताकालागि आफ्नै लगानीमा बस सञ्चालनमा ल्यायको नगरपालिकाकी उप प्रमुख तारा शाही खत्रीले बताइन्। 

नगरपालिकाले सञ्चालनमा ल्याएको बस सेवाबाट जेष्ठ नागरिक बाल बालिका अपांगता भएका व्यक्तिलाई निःशुल्क सेवा प्रदान गरिने शाहीको भनाई छ।नगरपालिकाबाट ३५ लाख बजेट विनियोजित गरी बस सेवा सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत तिलक विकले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.