|

डडेल्धुरा : पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको ताल हो ‘आलिताल’। यो ताल डडेल्धुराको भित्री मधेस आलिताल गाउँपालिका–३ मा अवस्थित छ।

समुद्री सतहबाट करिब ८०० मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको छ। एक हजार १७५ मिटर लम्बाइ तथा करिब ४०० मिटर चौडाइ रहेको सुन्दर यस ताललाई चुरेका डाँडाले घेरेको छ। यस तालको परिपरि सुन्दर हरियाली वनले ढाकेको छ।

आलितालमा डुंगा संचालनमा छ। गाउँपालिकाले पाँच वटा डुंगा संचालनमा ल्याएको भएपनि हाल एउटा डुंगा मात्रै चलिरहेको छ । अन्य चार वटा डुंगा बिग्रिएका छन्। डुंगा बिग्रिँदा पर्यटकहरु समस्यामा परेका छन्।

यद्यपि, डुंगा संचालनमा आएसँगै आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ। आलिताल गाउँपालिकाको गोदाम बजारबाट तीन किलोमिटर टाढा रहेको आलितालमा पहिलोपटक डुंगा सञ्चालन गरिएपछि पर्यटकहरु बढेका हुन्। तालमा डुंगा सयर गरेवाफत ६० रुयैयाँले लाग्छ।

पर्यटकको पर्खाइमा रहेको तालमा डुंगा सञ्चालन गरिएसँगै दैनिक जसो आन्तरिक पर्यटक बढिरहेका छन्। तालको अवलोकनका लागि बाह्य जिल्लाका साथै भित्री मधेस क्षेत्रकै  आलिताल, जोगबुढा क्षेत्रका पर्यटक आलितालसम्म पुग्ने गरेको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए।

पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको आलिताल संरक्षण र संवर्द्धन गर्न नसक्दा ओझेलमा परेको थिए। तर, स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि तालको मुहार नै फेरिएको छ। तालका विभिन्न स्थानमा अवलोकन र थकान मार्नका लागि छहारी घरहरू निर्माण गरिएका छन्।

ताल क्षेत्रमा वनभोजका लागि भान्साघरलगायतका तालको पानी निकास हुने ठाँउमा व्यवस्थित रूपमा निकासका लागि नाला निर्माण गरिएको छ। तालमा पिकनिक स्पटहरू समेत निर्माण गरिएको छ।

कसरी पुग्ने आलिताल?

डडेल्धुरा जिल्ला सदरमुकामबाट यो तालसम्म पुग्न गाडीमा करिब तीनदेखि चार घण्टा लाग्छ। डडेल्धुरा सदरमुकामबाट झण्डै ६० किलोमिटर पश्चिममा रहेको आलितालमा पर्यटकीय सम्भावना निकै बढी छ। कञ्चनपुरको बेतकोट भएर करिब ४५ किलोमिटरको कच्ची सडक बाटो भएर आलिताल पुग्न सकिन्छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.