|

हेटौंडा : मकवानपुरको थाहा नगरपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ।

आरनडाँडामा रहेको वडा कार्यालयमा आइतबार राति करिब ११ः४० बजे आगजनी गरिएको वडाध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिए।  ‘ढोका फुटाएर पेट्रोल, मट्टितेल छर्केर आगो लगाएको रहेछ,’ अध्यक्ष गुरुङले भने, ‘विद्युत मिटर बक्स फुटेको आवाजपछि गाउँलेले थाहा पाएछन्।’ 

वडा कार्यालयमा रहेका सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ। विवरण संकलन भइरहेकाले क्षति कति भयो भन्ने अहिले नै भन्न नसकिने प्रहरीले बताएको छ। 

आगजनीको कुनै पनि समूहले जिम्मा लिएको छैन। उक्त वडा कार्यालय यसवर्ष मात्रै निर्माण गरिएको हो। वडा कार्यालय वरिपरि बस्ती नभएकाले कार्यालयमा रहेका फर्निचर, कागजपत्र, कम्प्युटरलगायत सामान जलिसकेपछि मात्रै स्थानीयले थाहा पाएका थिए। अहिले प्रहरीले थाहा नगरमा सुरक्षा अवस्था कडा बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.