|

भारतको उत्तर प्रदेशस्थित मउ जिल्लामा ग्यास सिलिण्डर पड्कीएर ३ वटा घर भत्किँदा १० जनाको मृत्यु भएको छ।

सोमबार बिहान पौने ७ बजे भएको घटनामा घरले च्यापिएर अरु १० जनाभन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। मउ जिल्लाको मुहम्मदाबादमा छोटु विश्वकर्माको घरमा बिहान सिलिण्डरमा आगो लागेको थियो।

आगो लागेको थाहा पाएपछि छिमेकीहरु आगो निभाउन आइपुगेको समयमा सिलिण्डर पड्कीएको जनाइएको छ। ठूलो आवाजसहित पड्कीएको सिलिण्डरले आसपासका तीनवटा घर भत्काएको हो। सिलिण्डर पड्कीएर घरहरु भत्किएपछि च्यापिएकाहरुको उद्धार जारीे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.