|

एजेन्सी : जापानमा आएको शक्तिशाली हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ। आँधीका कारण १५ जना हराइरहेका छन् भने १ सय ९८ जना घाइते भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ। 

आँधी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सेना परिचालन गरी राहत तथा उद्धारको काम जारी राखिएको छ। बीबीसीका अनुसार राहत र उद्धार कार्यका लागि करिब १ लाख १० हजार मानिस परिचालन गरिएको छ। 

त्यहाँको मौसम विभागका अधिकारीहरुका अनुसार सामान्यतया वर्षभरी हुने वर्षाको करिब ४० प्रतिशत वर्षा हागबिस आँधीका कारण १-२ दिनभित्रमा भएको थियो । बाढीले २१ वटा नदीको बाँध फुटाएको जापानको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.