|

काठमाडौैं : वायुसेवा संचालक संघ नेपालले जनकपुरमा बुद्ध एयरको चेक काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभ्र व्यवहार गर्ने सांसदलाई कारवाही नभए जनकपुर उडान बन्द गर्ने चेतावनी दिएको छ। 

जहाज समयमा नआएपछि आक्रोशित राजपाका संघीय सांसद प्रमोदकुमार शाहाले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा सोमबार दिउँसो तोडफोड गरेका थिए।

त्यसको विरोधमा सोमबार विज्ञप्ती जारी गर्दै संघका अध्यक्ष क्याप्टेन रामेश्‍वर थापाले निकालेको विज्ञप्तिमा भनिएको छ, 'दोषीउपर सात दिनभित्र कारवाही हुनुपर्ने यो संघको माग छ। कारवाही नभए जनकपुर विमानस्थलमा सम्पूर्ण उडान बाध्य भइ स्थगन गर्नुपर्ने हुन्छ।'।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.