|

बैतडी : भारतसँग सीमा जोडिएका नाकाहरू आजदेखि ३ दिनका लागि बन्द भएका छन्।

भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी सोमबार बेलुकादेखि दार्चुलाका सीमा नाका बन्द भएका हुन्। असोज २९ गते भारतको धार्चुला, मुनस्यारी तथा डिडिहाटमा हुने चुनावलाई मध्यनजर गरी आज साँझ ५ बजेदेखि असोज २९ गते साँझ ५ बजेसम्मको लागि सीमा नाका बन्द गरिएका दार्चलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए। 

बन्द गरिएका नाकाहरू आकस्मिक रूपमा खोल्नुपरेमा दुवै पक्षको समन्वयमा खोल्न सकिने जनाइएको छ। यसअघि प्रथम चरणमा असोज १८ गतेदेखि पिथौरागढ जिल्लामा पनि निर्वाचन भएकोले बैतडीको झुलाघाट र दार्चुलाका विण, मुनाकोट तथा कानालीछिनामा ४८ घण्टाका लागि नाका सील गरिएका थिए। 

सपटक भने भारतसँग सीमा जोडिएको बैतडीको सीमा नाका झुलाघाट भने बन्द नहुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.