|

काठमाडौं : नेपालीमा चलेको एउटा उखान छ, 'देख्नुपर्यो कहीँ नभाको जात्रा हाँडीगाउँमा...। सोमबार काठमाडौंमा कहीँ नभएको यही जात्रा भब्यरुपमा सुरु गरियो।

प्रत्येक वर्ष दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाँडीगाउँमा मनाइने चोक्टेनारायणको जात्रा सोमबारदेखि सुरु भएको हो। ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी तीनवटा रथलाई हाँडीगाउँ परिक्रमा गराई यो जात्रा मनाइने गरिन्छ।

गजुर तलतिर फर्काएर राखिएको तीनतले मन्दिरमाथि सत्यनारायणको मूर्ति राखेर खटमा शहर घुमाउने यो जात्राको विशेषता हो। यो जात्रामा यसरी उल्टो गरी रखिएको मन्दिरलाई यात्राको क्रममा फनफनी घुमाउने गरिन्छ।

रथमा मैनको सुगन्धित फूल बनाई राख्ने गरिन्छ। यही विशेषाताका कारण यो जात्रालाई 'कहिँ नभएको जात्रा हाँडीगाँउ'मा भन्‍ने गरिन्छ। जात्राको एकैपटक दर्शन र पूजा गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास छ। कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि तीन दिनसम्म यो जात्रा मनाउने गरिन्छ। 

यो वर्षको चोक्टे नारायणको जात्रा

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.