|

डडेल्धुरा : डडेल्धुरामा पहिलो पटक ‘गार्डेन मार्ट’ सञ्चालनमा आएको छ। सुदूरपश्चिमका पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिका ५ बागबजारमा शिव शिखर कृषि सहकारी संस्था लिमिटेडले ‘गार्डेन मार्ट’ सञ्चालनमा ल्याएको हो। 

मार्ट बजारको उद्घाटन सोमबार जिल्ला समन्वय समिति डडेल्धुराका संयोजक गणेशराज भट्ट र अमरगढी नगरपालिका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले सयुक्त रुपमा रिवन काटेर गरेका हुन्। 

चामल, दाल, चिया, चकलेट, ध्यू, महलगायतका आफ्नै उत्पादन बजारमा ल्याएको सहकारीले पहिलोपटक डडेल्धुराको बागबजारमा मार्ट बजार सञ्चालनमा ल्याएको हो।

एउटै छाना मुनी सबै बस्तु उपलब्ध गराउने उद्देश्यले ‘गार्डेन मार्ट’ नामक मार्ट बजार सञ्चालनमा ल्याएको सहकारीका उपाध्यक्ष गीता शर्माले जानकारी दिइन्। 

आफ्ना उत्पादान सँगै बजार मागअनुसारका ब्राण्ड सहज तवरले उपलब्ध गराउन मार्ट बजार सञ्चालनमा ल्याएको उनको भनाइ थियो। स्थानीय उत्पादनलाई ब्राण्ड दिइ निर्यात बढाउन सहकारीले काम गरिरहेको उनले बताइन्।

नेपालका ७७ वटै जिल्लाहरुमा कृषकलाई उत्साहित पार्ने योजनासहित उत्पादित बस्तु खरिद गरी ब्राण्ड बनाइ बिक्रि एवं बाहिरी देशमा निर्यात बढाउने सहकारीको लक्ष्य रहेको उनले जानकारी दिइन्। 

शिखर अर्गानाइजेसन लिमिटेडका २२ वटा कम्पनी रहेको जनाउँदै उनले नेपालमा उत्पादन गरी निर्यात बढाउने लक्ष्यका साथ सहकारी, कम्पनी र मार्ट बजार सञ्चालनमा ल्याएको बताइन्। सहरीकाले लगत्तै तेल र पानी बजारमा ल्याउन लागेको उनले जनाइन्।

सहकारीको मुख्य लक्ष्य कृषि उत्पादनलाई बढावा दिने भएकाले किसानलाई आर्थिक, औजार, प्राबिधिक रुपमा सहयोग गर्दै उत्पादित वस्तु समेत संकलन गरी आफ्नो ब्राण्ड बनाइ बजारमा ल्याउने योजना रहेको सहकारीका सुदूरपश्चिम प्रदेश क्षेत्रीय प्रबन्धक दीपक ऐरीले बताए। यसका लागि सहकारी संस्था, कम्पनी र मार्ट बजार सञ्चालनमा ल्याएको उनको भनाइ थियो। 

सहकारीको डडेल्धुरा शाखाले जोरायलको बास्मती चामल, लालीगुँरासको जुस, हराउँदै गएको रैथाने बाली कोदो, स्थानिय जातको मकै यहाँ उत्पादन हुने टिमुर लगायतका तयारी बस्तु बजारमा ल्याउने लक्ष्य लिएको सहकारीका डडेल्धुरा शाखा प्रबन्धक थानेश्वर जोशीले जानकारी दिए। यहाँका उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै मार्ट सञ्चालनमा ल्याएको उनले बताए।

गार्डेट मार्टमा दैनिक उपभोग्यका सामग्री, बच्चाका खेलौना, कृषि औजार, भाडा वर्तन, श्रृङ्गारका सामग्री सस्तो मूल्यमा उपलब्ध रहेको संस्थाका प्रबन्धक जोशीले बताए। गार्डेन मार्ट शिव शिखर सहकारी संस्था लिमिटेडसँगैको भवनमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.