प्यूठान : प्यूठानको झिमरुक नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ।
प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिक झिमरुक नदीमा नुहाउने क्रममा सोमबार दिउँसो प्यूठान नगरपालिका ८ दम्ती निवासी बाबुराम केसीकी १८ वर्षीया छोरी सरिता केसीको मृत्यु भएको हो। केसी नुहाउने क्रममा नदीले बगाएर १०० मिटर तल पुर्याएको अवस्थामा स्थानीयले उद्धार गरी प्यूठान अस्पताल पुर्याएका थिए।
उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।