रिहा नगरे आन्दोलन गर्ने चेतावनी

|

धनुषा : जहाज ढिलो भएको भन्दै तोडफोडमा उत्रिएका सांसदलाई पक्राउ गरेपछि राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन्। 

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि मंगलबार काठमाडौं विमानस्थलबाट राजपा सांसद प्रमोदकुमार साहलाई प्रहरीले पक्राउ गरेको थियो। 

पक्राउ परेका साहलाई प्रहरीले अड्डासार गरेर जहाजमार्फत् जनकपुर नै लगेको छ। आफ्नो पार्टीका सांसदलाई प्रहरीले पक्राउ गरेर जनकपुर ल्याएको थाहा पाएपछि नेता कार्यकर्ताहरु विरोधमा उत्रिएका छन्। 

जनकपुर विमानस्थलमा तोडफोडपछि विमानस्थल प्रशासनले साहविरुद्ध प्रहरीमा किटाणी जाहेरी दिएको थियो। त्यसपछि प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएर पक्राउ गरेको हो।

उनीहरुले प्रहरी प्रशासन मुर्दावाद, सांसद साहलाई रिहा गर भन्दै नाराबाजी गरेका छन्। यसैबीच सांसद पक्राउको विरोधमा राजपा प्रदेश सांसद तथा प्रमुख सचेतक परमेश्वर साहले आन्दोलनको चेतावनी दिएका छन्। 

सांसद साहलाई जनकपुर विमानस्थलबाट जिल्ला प्रहरी कार्यालयतिर लगिएको छ। सांसद साहलाई बोकेको गाडीलाई घेर्न खोजेपछि प्रहरीले राजपाका कार्यकर्तालाई हटाएर लगेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.