|

काठमाडाैं : कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ। दोस्रो गीत सार्वजनिक गरिएको छ।

पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ’केहिआधा’ सार्वजनिक गरेपछि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मको सार्वजनिक ट्रेलरमा एक्सनसँगै कथासारलाई पनि खुलाइएको छ। सुमीले एक्सनमा प्रसस्तै मेहनत गरेको सार्वजनिक ट्रेलरले प्रस्ट्याउछ। साथै दुई लिड कलाकार सन्नी सिंह र भिलेनको रुपमा देखिएका लियो ट्यांकले पनि ट्रेलर हेरिरहेकाको ध्यान आफ्नो तर्फ खिच्न सफल देखिएका छन्।

ट्रेलरमा पुराना कलाकारहरू युवराज लामा, विजय लामा, धिरेन शाक्यको उपस्थिति पनि बलियो देखिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिमको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा खानेपानी मन्त्री विना मगरको समेत उपस्थिति रहेको थियो। समाजसेवी नेता गणेश लामा, पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, काठमाण्डू बहिरा संघकी शिला शर्मा, निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाललगायतले पनि कार्यक्रममा उपस्थित हुँदै फिल्मलाई सफलताको शुभकामना दिए।

म्युजिक भिडियो र एडमा चिनिएको नाम हरी हुमागाईं यसै फिल्ममार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन्। गीतलाई उनले फिल्मकै कथाअनुसार तयार गरेका छन्। फिल्ममा आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ। विजय, युवराज र धिरेनको उपस्थितिले दर्शकलाई पुरानो दिनको याद गराउन सक्छ।

सिनेम्याटोग्राफीमा बलियो नाम हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ। बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहनेछ। यसमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोताङको स्वर दिएका छन्। यसलाई काठमाडौँ, सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ।

राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.