|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले जलविद्युत क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुने बताएका छन्।

गैर-आवासीय नेपाली संघको नबौँ अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा खतिवडाले जलविद्युत क्षेत्रमा उच्च प्रतिफल रहेको बताउँदै सोही क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन्। जलविद्युत क्षेत्रको विकासका लागि वार्षिक ७० अर्ब रुपैयाँको आवश्‍यकता रहेको अर्थमन्त्री खतिवडाको भनाई छ। 

अर्थमन्त्री खतिवडाले १० वर्षमा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि बाह्य लगानीको आवश्यकतामा सरकारले जोड दिएको बताए। उनले नेपालमा लगानीको वातवरण  सुधार भएको भन्दै समयमै लगानी गर्नको लागि समेत आग्रह गरेका छन्।

पछिल्लो आर्थिक वर्ष धेरै नीतिगत सुधार गरिएको अर्थमन्त्री खतिवडाको भनाई छ। पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले संस्थागत क्षमता विकासको कामलाई पनि तिव्रता दिनुपर्ने बताए। उनले नेपालको आर्थिक विकासमा लगानी लिएर सहयोग पुर्‍याउन आग्रह गरे।

महतले नेपालमा वैदेशिक लगानी भित्र्याउन पूर्वाधार विकासमा जोड दिन सरकारलाई पनि सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.