|
फाइल फोटो

जुम्ला : जुम्लामा पहिलो पटक साहित्यिक तथा  प्रकृतिमा आधारित प्रकृति सृजना उत्सव हुने भएको छ। नेपाली कला साहित्य डटकमको आयोजना र खस साहित्य समाज जुम्लाको सहआयोजनामा पहिलो पटक उक्त उत्वस हुने भएको हो।   

साहित्यिक तथा प्रकृतिक उत्सव आगामी कात्तिक २ गते हुने भएको खस साहित्य समाज जुम्लाले जनाएको छ। पत्रकार सम्मेलन गरि साहित्य उत्सव हुने भएको खस साहित्य समाज जुम्लाको  सचिव खडानन्द चौलागाईले जानकारी दिए। 

उत्सवमा विभिन्न साहित्य क्षेत्रमा चासो राख्ने स्थानीय १० जनाले आफ्नो प्रतिभा राख्न पाउने छन। सदभाव र सृजनाको मूलमन्त्रसहित राज्यको साझा सवाल, नेपाली-भाषा, संगीतसहित यस वर्षको राष्ट्रिय कला-साहित्य यात्राअन्तर्गतको उत्सव जुम्लामा पहिलो पटक ञ्चालन हुने भएको नेपाली कला साहित्य डटकम समाजका अध्यक्ष मोमिला जोशीले बताए। 

उत्सवमा जोशीसहित सरु भक्त, साहित्यिक पत्रकार जयदेव भट्टराई, राजेश्वर कार्कीसहितका एक दर्जन साहित्यकार, संगीतकार र कलाकर्मी कार्यक्रममा सहभागी हुने छन्।

साहित्यक क्षेत्रलाई फराकिलो बनाउन १२ औँ राष्ट्रिय कार्यक्रम जुम्ला गरिने भएको खस साहित्य समाज जुम्लाले जनाएको छ। समाजका सदस्य गणेश चौलागाईका अनुसार उत्कृष्ट हुनेलाई पुरस्कार समेतको व्यवस्था रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.