|

काठमाडौं : सुदूरपश्चिमकी गजलकार श्रेष्ठ प्रिया पत्थरलाई गजल प्रतिभा सम्मान  गरिने भएको छ।

गजल सन्ध्या पोखराले सम्मानित गजलकार पत्थरलाई सम्मानपत्र र दोसल्लासहित २१ हजार एक सय एघार प्रदान गरिने  जनाएको छ।

गजल सन्ध्या पोखराले प्रदान गर्ने सम्मानबाट यसअघि ज्ञानुवाकर पौडेल, ललिजन रावल, लक्ष्मण थापा, रवि प्रान्जल, कृष्ण उदासी, दिलीप दोषी, सरस्वती श्रेष्ठ सरु, प्रकट पगेनी शिव, आरबी फ्लेम, ईश्वरमणि अधिकारी, घनश्याम परिश्रमीलाई गजल प्रतिभा सम्मान प्रदान गरि सकिएको छ।

कवि ढाका थापाले स्थापना गरेको २ लाख रुपैयाँको अक्षयकोषमार्फत गजलकार प्रिया पत्थरलाई सम्मान गर्ने सन्ध्याले निर्णय गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.