विश्व बैंकले दिएको ऋणको समय तीन महिनामा सकिँदै

|

दैलेख :  कर्णाली राजमार्गमा पर्ने एक दर्जन बढी पुल निर्माण कार्य थालिएको दशक भइसक्दा समेत पूरा हुन सकेका छैनन्। राजमार्गका पर्ने पक्की पुल निर्माण कार्यको जिम्मा लिएका कम्पनीहरूले लापरबाही गरेका कारण अहिलेसम्म पुल निर्माणको काम सम्पन्न नभएकाले राजमार्ग यातायतका साधन चल्न मुस्किल हुने गरेका छन्।

विश्व बैङ्कले पुल निर्माण गर्ने गरेको आर्थिक सहयोगको म्याद सकिन तीन महिना मात्र बाँकी रहेको भए पनि अहिले सम्म चौध वटा पुलमा दुई पुल निर्माणको कार्य सम्पन्न भएका छन भने बाँकी निर्माणको काम ५० देखि ७० प्रतिशत मात्र भएको देखिन्छ।

दैलेख खण्डमा पर्ने विभिन्न खोलाहरूमा पक्की पुल निर्माण गरेर यातायातलाई सहज बनाउने अभियान थालिएको वर्षौं बितिसक्दा समेत पुल नबनेका कारण यात्रुहरूलाई सास्ती हुने गरेको छ।

सरकार र सम्बन्धित निकायले पुल तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न बारम्बार ताकेता गर्दा पनि निर्माण कम्पनिको लापरवाहीलका कारण पुल निर्माणक काम सम्पन्न हुन नसकेको देखिन्छ।

दशकौँ अगाडिबाट पुल बन्नलान सहजै घर जान पाइएला भन्ने सपना बोकेका कर्णाली बासीका सपना अहिलेसम्म अधुरै रहेका छन्। कर्णालीमा यात्रा गर्ने यात्रुहरूले दुर्घटना हुने त्रासमा यात्रा गर्न बाध्य छन्।

कर्णाली राजमार्ग अन्तर्गत दैलेख खण्डको राम कर्णाली नजिक जाक्सी खोलाको पुल निर्माणको काम नहूदा अहिले पनि लथालिंग अवस्थामा रहेको छ।

सात वर्ष अघिदेखि निर्माणको काम सुरु गरिएको उक्त ठाउँमा सात वर्षसम्म सरिया मात्रै टढाइएको देखिनथ्ये भने गत वर्ष केही काम गरिएको भए पनि अहिले ठेकेदारले काम छोडेका कारण उक्त पुल अलपत्र परेको छ।

विश्व बैकको सहयोगमा १४ पुल

कर्णाली राजमार्गमा पर्ने चौध पुल निर्माण गर्नालागि सडक डिभिजन कार्यालय सुर्खेत मार्फत विश्व बैकको ऋण सहयोगमा १४ वटा पुलको निर्माण थालिएका हो तर निर्माण कार्य थालनी गरेको दशकौँ भइसक्दा पनि पुल सम्पन्न हुन सकेका छैनन् विश्व बैंक सहयोगको अन्तिम म्याद मङ्सिर सम्म बाँकी रहेकाले तिन महिना अगाडिनै पुल निर्माणका सकाउनु पर्ने देखिन्छ। 

म्याद सकिने डरले निर्माण कार्य तीव्र

कर्णाली राजमार्ग पुल निर्माण गर्न विश्व बैकले दिएको ऋणको समय सकिने भएकाले अहिले निर्माण कम्पनीहरूले पुल निर्माण कार्यलाई  केहि तीव्रताका साथ अगाडि बढाएका छन्।

निर्माण जिम्मा लिएका कम्पनीहरूले तिन महिनामा काम नसकाए करोडौँ रकम फिर्ता हुने डरले उनीहरूले अहिले कामलाई अगाडि बढाएका हून्। तिन महिनामा काम नसकाएमा ठेक्का तोडिने र निर्माण कम्पनीहरू कालो सूचिमा पर्ने भएका छन्। यही डरले कर्णालीका केही पुल निर्माण कम्पनीहरूले काम अगाडि बढाएका छन् भने केही पुरानै अवस्थामा रहेका छन्। 

काम नसकाए कारबाही

कर्णाली राजमार्ग पर्ने दर्जन भन्दा बढी पुलको निर्माण कार्य बाँकी रहेकाले समयमा नसकाएमा निर्माण कम्पनीहरूलाई सरकारले कारर्वाहि गर्ने सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरु अधिकारीले बताए। म्याद सकिन तीन महिना मात्र बाँकी रहँदा निर्माणको जिम्मा लिएका कम्पनीहरू र सडक डिभिजन सुर्खेतलाई भने काम सकाउँने हतारो देखिएको छ।

पुलको निर्माणको अन्तिम निरीक्षणका लागि विश्व बैकको टोलीसमेत निर्माणस्थलमा पुगेर अनुगमन गरेकाले पुल निर्माण काम तोकिएकै समयमा सम्पन्न गर्नु पर्ने देखिएको छ।

सडकभन्दा १ मिटर तल पुल

सदरमुकाम आउजाउ गर्ने दैलेख सुर्खेत सड्क खण्डमा रहेको पुल सडक भन्दा एक मिटर त नबनेको छ। डुगेश्वर गाउँपालिकामा पर्ने पुलको बिचको भाग ढलान भैसकेको भए पनि असारमा आएको भलले पुल छेउको भागमा क्षति गरेको देखिन्छ। सडक भन्दा पुल १ मिटर होचो हुने भएकाले सवारि साधन आउँ जाउँ गर्न समस्या हुने देखिन्छ।

ठेकेदारका कारण विकासमा समस्या

कामको जिम्मेवारी लिएका निर्माण कम्पनीहरूको लापरबाही नरोकिए कामको जिम्मा लिने व्यक्ति ईमान्दार नभए सवै खाले विकासमा ठुलो चुनौती कायमै हुने गतिलो उदाहरण कर्णालीका चौध वटा पुल बनेका छन्।

सरकारले ठोस नीति लागू गरी तोकिएको समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई जरिवाना सहित ठेक्का तोड्ने नीति नलिए सम्म काम लिने पुरा नगर्ने परिपाटी नरोकिने नागरिक निगरानी केन्द्र दैलेखका अध्यक्ष दीर्घराज अधिकारीको भनाई छ।

कर्णाली राजमार्गका पुलहरू तीन महिनाभित्र सम्पन्न नभए विश्व बैकको सहयोग रकम फिर्ता भए बाँकी काम सम्पन्न गर्नकालागि नेपाल सरकारको करोडौँ रकम खर्च गर्नुपर्ने अवस्था देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.