|
फाइल फोटो

कञ्चनपुर : यहाँस्थित एक वृद्धको बाख्रा चराउन जंगल गएको समयमा हात्तीले ज्यान लिएको छ। शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ७० वर्षीय बलदेव बोहराको जंगली हात्तीले आक्रमण गर्दा ज्यान गएको हो। 

स्थानीय सिद्धबैद्यनाथ सामुदायिक वनमा बाख्रा चराउन जाँदा उनी हात्तीको आक्रमणमा परेका थिए। हात्तीले आक्रमण गर्दा भागेका अर्का स्थानीयको अवस्था खुल्न नसकेको वडा नम्बर १ का अध्यक्ष हरि विष्टले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.