|
फाइल तस्विर

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले मुलुकभित्रै उपलब्ध खाद्य पदार्थलाई व्यवस्थित गर्न नसकिएको बताएका छन्।

३९औँ विश्व खाद्य दिवसको सन्दर्भमा बुधबार कृषि विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री खनालले मुलुकभित्रै आवश्यक खाद्य पदार्थ उपलब्ध भए पनि त्यसको समुचित व्यवस्थापन गर्न नसकिएको बताएका हुन्। भौगोलिक बनाबट, क्षेत्रगत रूपमा विद्यमान ऐतिहासिक कारणलगायतले खाद्य सुरक्षाको बारेमा पर्याप्त ज्ञान भएकाले त्यसको समुचित व्यवस्थापनमा पनि समस्या देखिएको भनाई उनको थियो।

उनले भने “खाद्य सन्दर्भमा आवश्यक खाद्य पदार्थ हुदै नभएको त होइन तर त्यसलाई व्यवस्थित गर्न नसकिएको चाही हो। त्यसको पछाडि केही हाम्रा ऐतिहासिक कारणहरु छन्। समाजको बनोट, हाम्रा विभिन्न डाँडापाखा, दूरदराजमा बनिएका गाउँ वस्तीहरू र त्यहाँ उत्पादन हुने रैथाने जातका उत्पादनहरू र ती जातहरूलाई अहिलेको सन्र्दभमा के चीज कमी छ के बढी छ? समुच्च के चाहिने? भन्ने त्यत्ति राम्रो जानकारी पुग्न सकेको छैन। अव्यवस्थित खाने शैली छ। कोही खान नपाएर र कोही बढी खाएर मर्ने स्थिति रहेको छ। ”

उनले खाने शैलीमा परिर्वतन ल्याउनुको साथै खाद्य वितरण प्रणालीलाई पनि सुधार गर्नुपर्ने बताए। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन स्थापनाको सम्झनामा सबैलाई खाद्य सुरक्षा तथा पोषणबार जानकारी गराउने उद्देश्य साथ विश्व खाद्य दिवस १ सय ५० देशले मनाउँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.