|

काठमाडौं : राजधानी उपत्यकाकै अस्पतालमा मृगौला किनबेच भएको खुलासा भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनालाई पक्राउ गरेपछि उक्त खुलासा भएको हो। 

सीआईबीले निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। आफन्त नपर्ने अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा प्रहरीले अस्पतालका सीईओ विपेन्द्र प्रधान लगायतलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा प्रधान सहित अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आले रहेका छन्। 

अस्पतालले एक व्यक्तिको नाममा अर्कैको मृगौला झिकी ३ लाखमा किनबेच तथा प्रत्यारोपण गराएको बुझिन आएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रवक्ता एवं प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए।

अस्पतालले आफन्त नपर्ने व्यक्तिलाई आफन्तको नक्कली प्रमाणपत्र बनाएर मृगौला किनबेच गरेको आरोप लागेकोले यसबारे अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको थपलियाले बताउनुभयो। थपलियाका अनुसार अनुसन्धान भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.