४० पदमा क-कसको उम्मेदवारी

|

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्को कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएका छन्। उनले कोषाध्यक्षका अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएका जनाएका छन्। 

अब एक कोषाध्यक्ष पदको लागि महेशकुमार श्रेष्ठ र सुदन थापाको उम्मेदवारी रहेको छ। त्यस्तै निर्वाचन कमटिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ। अन्तिम नामावली अनुसार ४० पदमा ७६ जनाले उम्मेदवारी रहेको छ। दुई पदमा उम्मेदवारी परेको छैन भने ११ पद निर्विरोध चयन भइसकेको छ। 

अध्यक्षमा कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दिएका छन्। चार उपाध्यक्षको लागि नौ जनाको उम्मेदवारी परेकोमा छ। जसमा हिक्मतबहादुर थापा, किरणबिक्रिम थापा, अर्जुनकुमार श्रेष्ठ, नरेन्द्रबहादुर भाट, बद्री केसी, मन केसी, धर्मराज अधिकारी, शोनाम लामा र डा. केशव पौडेलको उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा सोपिला राजभण्डारी र रोविना थापाको उम्मेदवारी परेको छ।

 महासचिवमा जानकी गुरुङ र डा. हेमराज शर्माको उम्मेदवारी परेको छ। 

४० पदमा क-कसको उम्मेदवारी

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.