|

काठमाडौं : इण्डोनेसियाको ३४औँ व्यापारमेला बुधबारदेखि सुरु भएको छ।

इण्डोनेसियन सम्मेलन केन्द्र बिएसडीमा बुधबार सुरु भएको मेलाको उपराष्ट्रपति युसुफ कालाले ट्रेड एक्स्पो २०१९ को उद्घाटन गरे। व्यापार मेलामा इण्डोनेसियामा उत्पादन गरिएका हस्तकला, घरयासी प्रयोगका लागि चाहिने सामग्रीदेखि ठूला-ठूला गाडी र रेल निर्माता कम्पनीको पनि सहभागिता रहेको छ।

मेलामा १० वटा विभिन्न युनिटका झण्डै १ हजार २ सय स्टलहरु रहेका छन् भने १ हजार २ सय १५ उद्योगी, व्यवसायीहरुले भाग लिएका छन् । उद्घाटन समारोहलाई उपराष्ट्रपति काला र व्यापारमन्त्री इन्जरतिस्टो लुकिशले सम्बोधन गरेका थिए। मेलामा १ सय ३० देशका विदेशी वायरहरुको पनि सहभागीता रहेको छ।

मेलामा सहभागी नेपालका लागि इण्डोनेसियाकी राजदूत रीना सोरानोले नेपालले पनि आफ्नो मौलिक उत्पादनको बजारीकरण गर्न यस्ता मेलामा सहभागीता जनाउनुपर्ने बताइन। इण्डोनेसियाका लागि नेपाली अवैतानिक महावाणिज्यदूत चन्द्र ढकालले मेलामा सहभागीता जनाएर नेपालले पनि पर्यटन प्रवर्द्धनको क्षेत्रमा ठूलो लाभ लिन सक्ने बताए।

नेपाली व्यवसायीहरूले इण्डोनेसियाबाट कपर, सुन, रबर, कोकोनटओइल, प्लाउउड, सवारी साधन लगायतको आयात गर्ने गरेको तर निर्यात अत्यन्तै न्यून रहेकाले पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकता दिनुपर्ने बताए।

सो अवसरमा निकासीमा उत्कृष्ट भूमिका निर्वाह गरेका व्यवसायीलाई उत्कृष्ट निर्यात अवार्ड २०१९ बाट सम्मानित गरिएको थियो। मेला कात्तिक ३ गते सम्म चल्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.