काठमाडौं : पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन भएको छ। ७८ वर्षीय राणाको बुधबार काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
२०६१ साल माघ १९ गते तत्कालीन राजाले शासन सत्ता आफ्नो हातमा लिएपछि गठित मन्त्रिपरिषद्मा राणालाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको थियो। उनी लाओसका लागि नेपाली राजदूतसमेत थिए।
नेपाल हकी संघका संस्थापक उपाध्यक्ष राणा नेपालका एक कुशल हकी र टेनिस खेलाडीसमेत हुन्। उनले साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टमा अर्थशास्त्र विषयको अध्यापनसमेत गरेका थिए।
राणाका श्रीमती ग्रेटा राणा र २ छोरा छन्। उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।