|

काठमाडौं : नेपाली लेग स्पीनर सन्दीप लामिछाने टि–टेन क्रिकेट लिगमा अनुबन्ध भएका छन्। 

यूनाइटेड अरब इमिरेट्स यूएईमा हुने टि–टेन लिगमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन्। टि –टेन नोभेम्बर १५ देखि सुरु हुँदैछ।

उक्त लिगमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्नेछन्। सन्दीपलाई कर्नाटक टस्क्सले क्याटोगरी ‘ए’ बाट राखेको छ। कर्नाटक टस्कर्समा आइकन खेलाडीको रुपमा दक्षिण अफ्रिका पूर्वओपनर हसिम हमला छन्। प्रशिक्षक भने टम मुडी छन्। लामिछानेले इण्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमयर लिग खेलिसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.