|

धनगढी : प्रहरीको नियन्त्रणमा रहेको व्यक्तिलाई छुटाई दिने भन्दै पैसा लिने र दिने सातजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ।

असोज २७ गते प्रहरीले भारतबाट अवैध तरिकाले दुई क्वीन्टल माछा ल्याउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको थियो। उनीहरुलाई छुटाइ दिने भन्दै पैसा लिएका धनगढी उपमहानगरपालिका–२ बस्ने गुड्डु सिंह भन्ने सुमित सिंह, वडा नम्बर ३ का विनोद शर्मा, २ का सुमन शर्मा, वडा नम्बर १ पशुपति टोलका बब्लु राइन भन्ने हरिष कवाडीलाई प्रहरीले पक्राउ गरेको छ।

यसैगरी, भारतको लखिमपुर खिरीका काले भन्ने हाइदर अली, अकबर अली र मोहम्मदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। सुमित र विनोदले पक्राउ परेका व्यक्तिका आफन्तहरुलाई भारतको पलियाबाट धनगढी बोलाएर नगद ५९ हजार रुपैयाँ र ४१ हजार रुपैयाको चेक लिएका थिए।

उनीहरुले जिल्ला प्रहरी कार्यालयमा आएर छुटाएको जस्तो भ्रम सृजना गरेको तर नसकेपछि आफन्तलाई पैसा फिर्ता गरेको प्रहरीले जनाएको छ।

यसैबीच, पक्राउ परेका व्यक्तिलाई अब यस्तो गतिविधि नदोहो¥याउने सर्तमा प्रहरीले आफन्तको जिम्मा लगाएको थियो। तर, राइन भन्ने हरिष कवाडीले आफूले पहल गरी छुटाएको भन्दै नगद ६० हजार र ४० हजार रुपैयाँको चेक लिएको खुल्न आएपछि लिनदिने सबैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.