राप्ती व्यूरोका अधिकांश नेता पक्राउ परेको दाबी

|

दाङ : दाङको विकट राजपुर गाउँपालिका-४ को मुग्रेटाखोलाको जंगल क्षेत्र हुँदै भूमिगत भएको अवस्थामा पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईसहितका नेता ओहोरदोहोर गर्थे।

जनयुद्धका समयमा राज्यको शून्य उपस्थिति रहेको उक्त क्षेत्रबाट भारतसँग जोडिएको कल्याणपुर नाका नजिकै पर्छ। वरिपरि अग्ला डाँडा रहेको यो क्षेत्रको बाक्लो जंगलबीचमा गाउँ रहेको छ। 

नेत्रविक्रम चन्द विप्लवका दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ सहित राप्ती व्यूरोको नेतृत्व तहका अधिकांश नेतालाई इलाका प्रहरी कार्यालय गढवा, जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरीको संयुक्त टोलीले बैठकस्थलबाटै बिहीबार सबेरै बिहान १ बजे पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय गढवाका इन्चार्ज इन्स्पेक्टर भरतसिंह राठोरसहितको ठूलो संख्याको प्रहरीले मुग्रेटाखोलाको जंगल क्षेत्रमा घेराबन्दी गर्दा विप्लव समूहको राप्ती ब्युरोको बैठक बसिरहेको थियो। 

विप्लवका नेताहरुको गतिविधि त्यो क्षेत्रमा रहेको सूचना पाएको प्रहरीले मोबाइलको लोकेशनबाट पनि शंकास्पद मानिसहरु भएको निचोड निकालेपछि त्यहाँ पुगेको थियो। 

यो पनि : विप्लव समूहको बैठकस्थलमा प्रहरीको छापा, २१ नेता पक्राउ

चंगवा प्रहरी चौकीदेखि ६ किलोमिटर दुरीमा रहेको उक्त स्थानलाई जनयुद्धको समयमा माओवादीले आफ्नो सेल्टरकै रुपमा प्रयोग गरेका थिए। विकट स्थानको जंगली क्षेत्र छिचोल्दै भारत-नेपाल आउन जान सजिलो भएकाले प्रचण्ड-बाबुराम पनि ओहोर-दोहोर गरिरहन्थे।

दाङका प्रमुख जिल्ला अधिकारी गोवन्दि रिजालका अनुसार नेपाल-भारत सीमामा पर्ने उक्त क्षेत्रमा बैठक बसिरहेका बेला बिहान १ बजे उनीहरु पक्राउ परेका हुन्। अहिले उनीहरुलाई प्रहरीले जिल्ला सदरमुकात घोराहीर्फ ल्याइरहेको छ।

को को पक्राउ परे? 

५ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेशविक्रम शाहका अनुसार विप्लव समुहका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज केशवबहादुर बाठा मगर ‘सुवास’ र युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगली लगायत २१ जना छन्। 

प्रहरीले उनीहरुको साथबाट ठूलो परिमाणमा हातहतियार र विस्फोटक पदार्थ बरामद गरेको दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। विप्लवनिकट स्रोतले भने आफ्ना नेता कार्यकर्तालाई प्रहरीले निशस्त्र अवस्थामा गिरफ्तार गरेको दाबी गरेको छ। 

पक्राउ परेकाहरुको विवरण

१) चन्द्रबहादुर चन्द (वीरजङ्ग) -केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज
२) केशवबहादुर बाँठा मगर (सुवास) -राप्ती ब्युरो ईन्चार्ज
३) रामबहादुर थापा (सुन्दर) - राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४) सविन पोख्रेल -राप्ती ब्युरो कार्यालय सचिव
५) यमलाल कटुवाल(विक्रम) जिल्ला ईन्चार्ज
६) प्रदीप वली - जिल्ला सेक्रेटरी
७) बविन केसी (पाटन, जंगली) - युव संगठन नेपाल केन्दीय अध्यक्ष
८) सुनिल पौडेल-वुद्धिजिवी
९) एकराज चौधरी -एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा (महान) -एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी
११) तिलक पुन-पूर्व जनमुक्ति सेना
१२) सुरज विक-दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३) हितप्रसाद रोका - पार्टी सदस्य
१४) पोष्टमान घर्ती - रोल्पा जिल्ला सदस्य
१५) दलबहादुर खत्री
१६) अमित घर्ती मगर
१७) बालकृष्ण शर्मा
१८) जीत क्षेत्री
१९) रमेश आचार्य
२०) बिष्णु थापा
२१) कुलबहादुर वली

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.