|

रियल मड्रिड र पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले यसवर्षको फिफा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्। अर्जेन्टिना र बार्सिलोनाका लियोनेल मेस्सी र फ्रान्स तथा एट्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै ३१ वर्षीय रोनाल्डोले विश्वको सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका हुन्।

उनले गत महिना फ्रान्सेली फुटबल म्यागेजिनले प्रदान गरेको बालोन डिओर पनि जितेका थिए। बिभिन्न देशका राष्ट्रिय टिम कप्तान र म्यानेजर, सञ्चारकर्मी संगै पहिलो पल्ट समर्थकले अनलाइनबाट मत दिन पाउने व्यवस्था गरिएको थियो।

जसमा रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाएका थिए। मेस्सीले २६ दशमलव ४२ र ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाएको फिफाले जनाएको छ। गत वर्ष पोर्चुगललाई युरोकप फुटबल र रियल म्याड्रिडलाई च्याम्पियन्स लिग फुटबलको उपाधी दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले  अवार्ड जितेपछि गएको वर्ष आफ्ना लागि निकै उत्कृष्ट रहेको भन्दै व्यक्तिगत र सामुहिक ट्रफी जित्न पाउँदा निकै गर्वक महसुस भएको बताए।

यस्तै अमेरिकाकी चार्ली लोयडले महिला वर्ष खेलाडी अवार्ड जितेकी छन्। रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई पछि पार्दै ‌इंगलिस क्लब लेस्टर सिटीका प्रशिक्षक क्लाउडियो राइनेरीले पुरुष तर्फको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् भने जर्मनीकी सिल्भिया नेइद महिलातर्फको उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्न सफल भइन्। मलेसियाको पेनाङ फुटबल एशोसिएसनका मोहम्मद फैज सुब्रीले उत्कृष्ट गोलका लागि फिफा पुस्कास अवार्ड जितेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.