|
फाइल तस्विर

टर्कीले उत्तर-पूर्वी सिरियाको कुर्दिसको नियन्त्रणमा रहेका क्षेत्रमा गरेको आक्रमणका कारण ३ लाख बढी सर्वसाधारण विस्थापित भएको मानव अधिकारवादी संस्थाले बिहीबार जानकारी दिएको छ।    

मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि हालसम्म ३ लाख बढी सर्वसाधारण विस्थापित भइसकेका बताए। विस्थापित हुनेहरूको संख्या अझै बढ्ने सक्ने पनि उनले बताए।

विस्थापितहरुले कोही बगैँचामा सुतेका त कोही विद्यालय र आपतकालीन शरणस्थलमा पुगेको अब्देल रहमानले बताए।   उत्तर, उत्तरपूर्वी सिरियाको कुर्दिस समर्थकले नियन्त्रण गरिरहेका क्षेत्रमा गत अक्टोबर ९ बाट टर्कीले हमला सुरु गरेको थियो।

उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकाको निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण सुरु गरेको हो। उत्तरपूर्वी सिरियाको कुर्दिस लडाकुको नियन्त्रणमा रहेको यस क्षेत्रबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.