|

काठमाडौं : गैरआवासीय नेपाली संघको आगामी दुईवर्षे कार्यकालको लागि नयाँ नेतृत्व छनोट गर्न बुधबार मतदान भएको छ। बुधबार राति नै नयाँ नेतृत्व छनोट भइसक्नु पर्ने भए पनि व्यवस्थापकीय समस्याको कारणले बिहीबार ११ बजेदेखि मतदान भएको छ। 

भोटिङ मेसिनको सहयताले मतदान गर्नेगरी निर्वाचन तालिका तय गरे पनि बुधबार देखिएको समस्याको कारण मतपत्रमार्फत मतदान गराइएको छ। जसकारणले मतदान प्रकिया ढिला भएको हो। 

बाहिरबाट निर्वाचन प्रतिनिधि कार्डलाई आधार मानेर भित्र पठाइए पनि भित्र भने सम्बन्धित देशमा काम गर्ने पासपोर्ट, सम्बन्धित देशको नागरिकतालगायतका कागजहरू खोजिएको जनाइएको छ।

पासपोर्टमा वर्कर र व्यवस्थापकीय काम के छ भनेर पनि हेरिएको मतदान गरेर आएका प्रतिनिधिहिले बताएका छन्। 'मसँग लाइनमा बसेर गरेका केही साथीहरू आवश्‍यक काजम देखाउन नसेकको कारण मतदान गर्न पाउनु भएन। बाहिर होहल्ला गर्छन् भनेर प्रतिनिधि पास हरेर पठाइएको छ। तर, भित्र भने सबै कागज खोजिएको छ' मलेसियाबाट आएका एक प्रतिनिधिले भने। 

लामो समय नेपाल बसेर पनि पदाधिकारीमा उठ्नेहरूले आफूले भोट पाउने स्वार्थमा प्रतिनिधि गराउने गरेको गुनासो एनआरएनएकै केही प्रतिनिधिको रहेको छ। निर्वाचनको तयारीको क्रममा गरिएको पत्रकार सम्मेलनमा समेत प्रतिनिधिहरूको यस्तो गुनासो रहेको थियो।

आवश्‍यक कागज देखाउन नसकेका मतदातलाई पनि मतदान गर्न दिएको भन्दै बिहीबार पनि कुल आचार्य समूहले केही समय मतदानमा अवरोध गरेको थियो।बुधबार पनि निर्वाचन समितिले मतदान गर्नका लागि आवश्‍यक पर्ने कागजातको सूचना जारी गरेसँगै लामो समय नारा-जुलुस भएको थियो।

संघका अध्यक्ष भवन भट्टले निर्वाचन कार्यविधि अनुसारका कागजात खोजिएको भन्दै सम्झाउन खोज्दा आक्रोशित प्रतिनिधिहरूले प्रतिनिधि कार्डको आधारमा मतदान गर्न पाउने अडान राखेका थिए।

निर्वाचन समितिले मतदाता सामू डेलिगेट कार्ड, सम्बन्धित देशमा बसेको आधिकारी कागजात र भिसासहितको पासपोर्ट हुनुपर्ने माग गरेको थियो। सम्मेलनमा ८१ मुलुकका करिब दुई हजार ५०० प्रतिनिधि सहभागी छन्। 

समस्या भोटिङ मेसिनको कि व्यवस्थापकको?

बुधबार भोटिङ मेसिनमा समस्या देखिएको कारण मतदान स्थगित गर्दै मतपत्रमार्फत नै चुनाव गराउने सूचना निर्वाचन समितिले निकाल्यो। भोटिङ मेसिनका आविस्कार राम/लक्ष्यमण रिमाल दाजुभाइले भने व्यवस्थापकीय कमजोर भएको बताएका छन्। तर, एउटा पदमा भोटिङमा समस्या देखिएको यथार्थ भने  उनीहरूले स्वीकारेका छन्। 

'हामीले ८ घण्टाको समय मागेका थियौँ, धेरै ढिला गरियो अन्तिममा दुई घण्टामा जसरी पनि गर्न पर्छ भन्ने कुरा आयो' रिमालले भने 'दुई घण्टमा सकिँदैन भन्दै पनि बलै काम गर्न भनियो।

'अन्तिममा युरोप संयोजकमा नाम र फोटो फरक परेको हो। केहो समयमा मिलाउन सकिन्थ्यो। तर, उहाँहरूले मान्नु भएन' रिमालले थपे 'भोटिङ मेसिनको समसया हैन व्यवस्थापकको समस्या हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.