|

ब्रेक्जिटबारे नयाँ सम्झौता भएको बेलायतका प्रधानमनत्री बोरिस जोनसनले जानकारी दिएका छन्। बेलायत सरकार र युरोपियन युनियनबीच ब्रेक्जिटको प्रक्रियाबारे सम्झौता भएको प्रधानमन्त्री जोनसनले सामाजिक संजाल ट्विटरमार्फत जानकारी दिएका हुन्।

ब्रसेल्समा बेलायत र युरोपियन युनियनका वार्ताकारबीच सम्झौता भएको बताइएको छ।

जोनसनले लेखेका छन्, 'हामीहरूबीच शानदार नयाँ डील भएको छ। यसले वर्तमान अवस्थालाई नियन्त्रणमा लिएको छ।'

दुवै पक्षका वार्ताकारबीच नयाँ सम्झौता भएपनि कानुनी विषय हेर्नेबारे मस्यौदामा दुवै पक्षले काम गरिरहेका छन्। अब उक्त सम्झौता बेलायत र युरोपियन युनियनको संसदबाट पारित हुनुपर्ने प्रक्रिया पूरा गर्नुपर्छ।

युरोपियन युनियनका अध्यक्ष ज्या क्लाउड जंकरले नयाँ सम्झौता निष्पक्ष र सन्तुलित भएको बताएका छन्।

जंकर र जोनसनले आ-आफ्नो संसदलाई उक्त सम्झौता पारित गरिदिन आह्वान गरेका छन्। 

यता बेलायतका नेता प्रतिपक्ष जेरेमी कोर्बेनले नयाँ सम्झौता झन् खतरनाक भएको प्रतिक्रिया दिएका छन्। उनले टेरेजा मेले तय गरेको सम्झौता भन्दा पनि कमजोर भएको बताएका हुन्। संसदले उक्त सम्झौता अस्वीकार गर्नुपर्ने कोर्बेनको भनाइ छ।

युरोपियन युनियनका मुख्य वार्ताकार माइकल बर्नियरले सम्झौताबारे बताएका थिए। उनले उत्तरी आयरल्यान्डमा सम्झौता पारित भएपनि युरोपियन कानुन लाग्ने लगायतका विषय राखिएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.