|

उदयपुरः यहाँका आमाछोरीको ज्यान गुमाउनुको कारण  अवैध यौन सम्पर्क रहेको खुलासा भएको छ। एक साताअघि एकै दिन आमा छोरीको हत्याको कारण आमाले राखेको अवैध यौन सम्पर्क रहेको प्रहरीले खुलासा गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढामगरले आज बिहीबार घटनामा संलग्न भएकाहरू सार्वजानिक गर्दै हत्याको मुख्य कारण आमाले परपुरूषसँग राखेको अवैध सम्पर्क रहेको बताएका हुन्।

‘उदयपुरको त्रियुगा नगरपालिका-९ चौकीबारीमा आमाछोरीको हत्या भएको थियो’, उनले भने, ‘हत्याको मुख्य कारण अवैध यौन सम्पर्क रहेको अनुसन्धानबाट खुलेको छ।’

गत असोज २४ गते त्रियुगा नगरपालिका-९ चौकीबारी बस्ने ३० वर्षीया शारदाकुमारी चौधरी (गोमा) र उनकी ९ वर्षीया छोरीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

हत्याको आरोपमा सिरहाको लाहान नगरपालिका-८ का ४० वर्षीय रामहरि साह पक्राउ परेको एसपी बुढामगरले जानकारी दिए। ‘पक्राउ परेका साह र मृतक महिलाबीच पाँच वर्षदेखि अवैध यौन सम्पर्क हुँदै आएको पाइएको छ', उनले भने, ‘तर साह र बच्चीकी आमाको कुरा नमिलेपछि हत्या भएको अनुसन्धानबाट खुल्यो।’

प्रहरीका अनुसार पक्राउ परेका साहले महिलाको सलले बाँधेर धारिलो हतियारले घाँटी रेटी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए।

‘पहिला आमालाई हत्या गरेको अनुसन्धानबाट खुल्यो' उनले भने, ‘त्यसपछि छोरीले पोल खुल्ने डरले उनको पनि हत्या गरेको देखियो।’ हत्या भएको घरको कोठाभित्र सुनका गहाना पनि प्रहरीले बरामद गरेको छ। शारदाकुमारीका पति वैदेशिक रोजगारीमा गएको प्रहरीको भनाइ छ। 

श्रीमान वैदेशिक रोजगारीमा गएको बृला परपुरुषसँग यौन सम्पर्क राख्नु नै ज्यान गुमाउनुको कारण बनेको प्रहरीको निश्कर्ष छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.