|

सुर्खेत : सुर्खेतमा एकजना १३ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

किशोरी बलात्कारको आरोपमा विरेन्द्रनगर नगरपालिका ३ बस्ने २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सदिप खड्का, वडा नम्बर ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका २ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा रहेका छन्।

अन्य केही फरार रहेकोले अभियुक्तको खोजी तीव्र पारेको जिप्रका सुर्खेतले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार यही असोज १५, १६ र २३ गते उनी बलात्कारमा परेकी हुन्। समूहमा किशोरीलाई पटक पटक करणी गरिएको जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा परेको छ।

किशोरीले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले ७ जनालाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ। घटनाको विस्तृत विवरण अनुसन्धानपछि थाहा हुने सुर्खेत प्रहरीका डिएसपी रवि रावलले बताए छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.