|

जनकपुरधाम : स्कुलको पर्खाल भत्किएर धनुषामा एक छात्राको मृत्यु भएको छ। धनुषाको जनकनन्दनी गाउँपालिका ४ स्थित एसएसबी उच्चमाविको भवन भत्किँदा च्यापिएर एक छात्राको मृत्यु भएको हो।

विद्यालयमा पढ्दै गरेको अवस्थामा अचानक पर्खाल भत्किँदा स्थानीय राजकुमार सदाकी छोरी अन्दाजी ७ वर्षीया संसना सदाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए। भत्केको पर्खालमा च्यापिएर स्थानीय बालक ६ वर्षीया मोहम्मद समिर साफी घाइते भएका छन्।

घाइते बालक समिरको उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर अंचल अस्पताल पठाइएको जनकनन्दनी गाउँपालिकाकी उपप्रमुख भारती कार्कीले जानकारी दिइन्। उनका अनुसार बालक समिरको अवस्था गम्भीर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.