विचार

'चीन अब टाढा छैन, हिमशिखर नाघेर आइसक्यो'
SHARES

२१ औँ शताब्दीलाई एसियाको बनाउन चाहन्छ चीन

कात्तिक १, २०७६

    चिनियाँ राष्ट्रपति सी जिनपिङको हालै सम्पन्न नेपाल भ्रमणको चर्चा सेलाइसकेको छैन। चिनियाँ राष्ट्रप्रमुखका हैसियतमा २३ वर्षपछि भएको सीको नेपाल भ्रमण आफैँमा महत्वको विषय हो। चीन पछिल्लो समय विश्वकै शक्ति राष्ट्रको रूपमा उभिन थालिसकेको छ।

    उसले आफ्नो देशको आन्तरिक विकास र अद्भूत क्षमताबाट सारा विश्वलाई चकित पार्दै आएको छ। सी सत्तामा आएपछि चीनले पूर्वाधार र प्रविधि विकासको क्षेत्रमा फड्को मारेको छ। यसैले पनि उनलाई चिनियाँ जनताले माओपछिका शक्तिशाली नेतृत्वको रूपमा स्वीकारेका छन्। यसैले पनि सीको नेपाल भ्रमणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा मात्रै पाएन, नेपाली राजनीतिमा नयाँ तरंग ल्याइदिएको छ।

    यसैसाता नेपालको दुईदिने राजकीय भ्रमण गरेका राष्ट्रपति सीले नेपाल अब भूपरिवेष्ठित देश रहँदैन, भूजडित हुने बताउँदै त्यसका लागि सहयोग गर्न चीन तयार रहेको आश्वासन दिए। उनको यो आश्वासनले नेपालीहरूको सदियौँदेखिको सपना पुरा हुने संकेत मिलेको छ। यति मात्रै नभएर उनको भ्रमणले नेपालमा चिनियाँ रेल आउने पक्का भएको छ। त्यसमा नेपालीहरू उत्साहित भएका छन्। त्यस्तै अरु विकास योजनामा भएको सम्झौताले चीन अब नेपालको विकासको साझेदारका रूपमा प्रस्तुत भएको छ।

    सी भारत भएर नेपाल आउनु, भारतअघि पाकिस्तानका प्रधानमन्त्रीलाई बेइजिङमा भेट्नु लगायतका कारण दक्षिण एसियातर्फ सीको नजर, अभिरुचि र गतिविधि बढेको स्पष्ट हुन्छ। यसकारण सीको यसपालीको भ्रमण क्षेत्रीय महत्वको मानिएको छ।

    हिजोसम्म चीनले हिमालको दक्षिणतर्फ चासो राखेको पाइँदैनथ्यो। खाली नेपालको भूमि प्रयोग गरेर तिब्बतमा विखण्डनवादीहरूले गडबड नगरून् भन्ने चाहन्थ्यो। अब उसले हिमाली शिखर नाघेर दक्षिण एसिया पस्ने तर्खरमा कनेक्टीभिटीलाई अघि बढाउन चाहेको देखिन्छ।

    सी भारत भएर नेपाल आउनु, भारतअघि पाकिस्तानका प्रधानमन्त्रीलाई बेइजिङमा भेट्नु लगायतका कारण दक्षिण एसियातर्फ सीको नजर, अभिरुचि र गतिविधि बढेको स्पष्ट हुन्छ। यसकारण सीको यसपालीको भ्रमण क्षेत्रीय महत्वको मानिएको छ।

    चीन २१ औँ शताब्दीलाई एसियाको शताब्दी बनाउन चाहन्छ। त्यसकारण उसले दक्षिण एसियाका देशसँग सहकार्य गर्न चाहिरहेको छ। चीन सार्कका पाँचवटा देश अफगानिस्तना, पाकिस्तान, भारत, नेपाल र भुटानसँग भूमिबाट जोडिएको छ। त्यस्तै माल्दिभ्स र श्रीलङ्कासँग समुन्द्रबाट जोडिएको छ। यसैले पनि सार्कमा उसले बढी भूमिका खोजेको देखिएको छ।

    नेपाल अब दुवै देशको बाटो भएर सामुद्रिक मार्ग हुँदै तेस्रो देशसँग ब्यापार गर्न सक्ने हुँदैछ। यो भ्रमणले 'पार्टी टु पार्टी र गभरन्मेन्ट टु गभरन्मेन्ट' सम्बन्ध बढेको छ। यसले नेपालको स्तर माथि उठेको छ।

    दक्षिण एसियाका करिब ७ देशसँग सिमाना जोडिएको देश भएकाले र आफैँ पनि विश्वको दोस्रो ठूलो देश हुँदा उसले दक्षिण एसियाका देशहरूमा एकअर्काको अन्तर्निर्भतरता राम्ररी बुझेको हुनुपर्छ। यसकारण पनि सी को यसपटकको भ्रमण यस क्षेत्रकै शान्ति सुरक्षा र समृद्धिका लागि चीन र दक्षिण एसिया नजिक हुनुपर्छ भन्ने उदेश्यबाट प्ररित रहेको बुझिएको छ।

    सीको भ्रमणले संसारका दुईवटा ठूला बजार भारत र चीन जोड्न नेपाल पारवाहन राष्ट्र बन्ने बाटो खुलेको छ। यसले बहुआयामिक र बहुपक्षीय सम्बन्धको बिकासको बाटो खुलेको छ। नयाँ अध्याय सुरु गरेको छ। नेपाल अब दुवै देशको बाटो भएर सामुद्रिक मार्ग हुँदै तेस्रो देशसँग ब्यापार गर्न सक्ने हुँदैछ। यो भ्रमणले 'पार्टी टु पार्टी र गभरन्मेन्ट टु गभरन्मेन्ट' सम्बन्ध बढेको छ। यसले नेपालको स्तर माथि उठेको छ।

    नेपालले चीनसँग विभिन्न पूर्वाधारको निमार्णमा फाइदा लिन सक्ने गरी यस पटकक भ्रमणमा सम्झौता भएका छन्। सम्झौताअनुसार नेपाल सरकारले तदारुकताका साथ काम गरेर शिक्षा स्वास्थ्य, खानेपानी, उद्योग, बिजुली लगायतका क्षेत्रमा चीनको लगानी भित्र्याउनुपर्छ।

    दुई देशमा कम्युनिष्ट सरकार भए पनि नेपाल र चीनको प्रणाली धेरे फरक छ। नेपाल बहुदलीय प्रतिस्पर्धात्मक प्रजातन्त्र भएको देश हो भने चीन एकदलीय सहयोगात्मक प्रजातन्त्र भएको देश हो। सम्बन्धमा विविधिकरण र बहुआयामिक विकास यसअघिका भन्दा यसपटकको भ्रमणको फरक विशेषता हो।

    चीन र रुसका लागि पूर्व नेपाली राजदूत तथा परराष्ट्रविद हिरण्यलाल श्रेष्ठसँगको कुराकानीमा आधारित।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]