|

चितवन : चितवनकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘टुबोर्ग जेसिज विकास रनिङ शिल्ड २०७६’ बिहीबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा चितवन ११ ले विजयी सुरुवात गरेको छ।

 नारायणगढको क्याम्पा चौरमा भएको खेलमा चितवनले मकवानपुर ११ लाई ३–२ गोल अन्तरले पराजित गरेको हो। खयो जितसँगै चितवन सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफको अन्तिम मिनेटमा रुमेश बर्तौलाले सुन्दर गोल गर्दै चितवनलाई सुरुवाती अग्रता दिलाएका थिए। रुमेसले नै दोस्रो हाफको पाचौ मिनेटमा दोस्रो गल गर्दै अग्रता दोब्बर पारे। 

मकवानपुरका रवि भण्डारीले दोस्रो हाफको २३ औं मिनेटमा १ गोल गरे।चितवनका अनिष श्रेष्ठले २६ औं मिनेटमा टिमका लागी तेस्रो गोल गरे। यता मकवानपुरका कृष्ण रुम्बा तामाङले २७ औं मिनेटमा गोल गर्दै चितवनको अग्रता ३–२ मा झारे।

खेलको म्यान अफ द म्याच चितवनका रुमेश घोषित भए।प्रतियोगिता अन्तर्गत भोली (शुक्रबार) बिभागीय टोली नेपाल पुलिस क्लब र सरस्वती युवा क्लब भिड्नेछन् ।प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६६ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ३ हजार ३३ रुपैयाँ पाउनेछन।यस्तै म्यान अफ द म्याच र अन्य बिभिन्न बिधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिता अवलोकनका लागि एक सय र दुई सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ। करिब ६० हजार दर्शकले प्रतियोगिता अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ। यस पटक नारायणगढ जेसिजले आयोजना गर्ने जेसिस कप र विकास शिल्ड समितिले आयोजना गर्ने ‘विकास रनिङ शिल्ड’ लाई मर्ज गरेर जेसिज बिकास रनिङ शिल्डको रुपमा आयोजना गरिएको हो।

चितवनको रामपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रगंशाला सहित, नारायणगढको क्याम्पाचौरको स्तोरन्नति र भूकम्प पीडतलाई हस्तान्तरण गरिएको कुरिनटार जेसिस बिकास गाउँको विकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.