|

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत एक महिला प्रहरी जवानले रगत दिएपछि एक महिलाको ज्यान जोगिएको छ।

उच्च रक्तश्रावका कारण जिल्ला अस्पताल बाजुरामा ४ दिनदेखि भर्ना भएकी जिल्लाको बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी ३० वर्षीया जावा दमाइलाई महिला प्रहरी जवान सरस्वती बमले ‘ए’ पोजेटिभ एक पिन्ट रगत दिएर ज्यान जोगाएकी हुन्।

दमाई विगत चार दिनदेखि जिल्ला अस्पतालको शय्यामा थिइन्। उनलाई उच्च रक्तश्राव भएको थियो। उनलाई आवश्यक रगत कतै नभेटाएपछि  जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी जवान बमले रगत दिएर बचाएकी हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत महिला प्रहरी कर्मचारीमध्ये रक्तदान गर्नेमा उनी पहिलो महिला प्रहरी कर्मचारी हुन्। जिल्लामा जुनसुकै बेला रगतको आवश्यकता पर्दा नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरीले रगत दिएर बिरामीको ज्यान जोगाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.