|

ओखलढुंगा : ओखल्ढुंगाको सिद्धिचरण नगरपालिकामा होमस्टे संचालनमा  आएको छ। जन्तरखानीका मगर समुदायले जिल्लामै पहिलो होमस्टे सञ्चालन गरेका हुन्।

सिद्धीचरण नगरपालिका–६ ठाडेमा मगर समुदायले ठाडे मगर सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन्। होमस्टेमा बास बस्न आउने पाहुनालाई आलुको ढिडो ( रिल्दुक), गोर्मालि (गहुँको पिठो दूधमा पकाएको), स्याक्पा, सिमी, मकै, फापरको ढिँडोलगायत स्थानीय परिकारसँगै मगर समुदायको संस्कारले सत्कार गरिने गरीएको छ।

स्थानीय मगर समुदायको संस्कृति संरक्षणसँगै स्थानिय परिकारहरूको प्रचारको लागी होमस्टे सञ्चालनमा ल्याएको ठाडे मगर सामुदायिक होमस्टेका अध्यक्ष पारस मगरले बताए। हाल ९ घरमा होमस्टे सञ्चालनमा रहेको र २० घर होमस्टे सञ्चालनको लागी तयारी अवस्थामा रहेको उनको भनाई छ।

होमस्टे संचालनमा आएएपछि ओखलढुंगालाई आन्तरिक तथा बाह्य पर्यटकिय स्थल बनाउने योजनामा महत्वपूर्ण टेवा पुग्ने सघिय सांसद यज्ञराज सुनवारले बताए। जन्तरखानिको ठाडेमा बिद्युत र सञ्चारको निक्कै समस्या रहेको कारण बिद्युत र सञ्चारसंगै अन्य बिकासका पूर्बधारहरुको संरचना तयार गर्न आफु लागी पर्ने बताए।

जातिय संस्कृतिको जगेर्ना गर्दै जिल्लाका मानेभञ्ज्याङ,  पलापु, खिजीफलटे लागएयतका बिभिन्न स्थानमा यस्ताहोमस्टे संचालनमा आए पर्यटन प्रर्वर्धनमा टेवापुग्ने सुनवारले बताएका छन्।

सिद्धिचरण राजमार्गको ठाडे जिल्लाकै उच्च रमणिय स्थान भएपनि ठाडेमा बिधुत प्रसारण लाइन तथा संचारमा समेत पहुँच नभएका कारण समस्या हुने गरेको संचालकहरु बताउँछन। 

होमस्टे सञ्चालन भएको ठाउँ उच्च भौगोलिक अबस्थामा रहेको कारण सोलारले समेत काम नगर्ने भएकाले बिद्युत आपुर्ति होमस्टे सञ्चालनको लागी चुनौति रहेको सञ्चालक समितीका अध्यक्ष पारस मगरले बताए।

ठाडे बुङको आलु र हिउँद याममा हिउँको लागी निक्कै प्रख्यात रहेको छ। यहाँ पाईने बुङको आलु बाह्य तथा आन्तरीक पर्यटकहरुले कोशेलिको रुपमा लाने गरेको पाईन्छ।ठाडृबाट सगरमाथा लागायत बिभिनन आधादर्जन हि श्रृखलाको समत अवलोकन गर्न सकिन्छ। ठाडेमा हिउँ पर्ने मौसममा हिउ खेल्ने र हिउँ हेर्ने पर्यटकहरुको घुइँचो देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.