|

काठमाडौं :  गैरआवासीय नेपाली संघ(एनआरएनए) को नवौँ विश्व अन्तर्राष्ट्रिय सम्मेलनको निर्वाचनमा अध्यक्ष पदमा कुमार पन्त विजयी भएका छन्।

निर्वाचन समितिले दिएको जानकारीअनुसार नयाँ नेतृत्वमा पन्तसहित अधिकांश वामपन्थी समूहले विजय हासिल गरेको छ। पन्तका प्रतिस्पर्धी कुलप्रसाद आचार्य रहेका थिए। पन्तले आचार्यलाई १४६ मतले पछि पारेका हुन्। उनले १२१७ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी कुल आचार्यले १०७० मत प्राप्‍त गरेका छन्।

उपाध्यक्षमा हिक्मत थापा, डा. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, सोनाम लामा र महिला उपाध्यक्षमा रविना थापा विजयी भएका छन्। महासचिवमा डा. हेमराज शर्मा, सचिवमा गौरीराज जोशी, कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्।

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका थिए। ४२ पदका लागि भएको निर्वाचनमा ७६ जना प्रतिस्पर्धी रहेका थिए।

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.