|

जुम्ला : थाइल्याडमा हुने तेकवान्दो प्रतियोगिताको लागी जुम्लाकाएक प्रशिक्षकसहित ५ जनालाई  खेलाडी लाइ बिदाइ गरिएको छ। थाइल्याण्डमा यहीँ ६, ७, ८ र ९ गतेसम्म  सञ्‍चालन हुने आमन्त्रित तेकवान्दो खेलका लागि चारजना खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले  अविर, खादा लगाई बिदाइ गरिएको हो।

जिल्ला खेलकुद विकास समितिको कार्यालयका प्रमुख बरमबहादुर महतले उनीहरूलाई प्रतिव्‍यक्ति ३  हजारका दरले काठमाडौं सम्मको लागि गाडी भाडा दिएर बिदाइ  गरेका छन्।

थाइल्याड प्रस्थान गर्नेमा गुठीचौर गाउँपालिका-३ गज्याङकोटका  १४ वर्षीया मंगल कामी, तिलागाउँपालिका-३ का सर्पेन्द्र भट्टराई  चन्दननाथ नगरपालिका ५ की अस्मिता  सुनार, गुठीचौर गाउँपालिका-५ का पोषण न्यौपाने र प्रशिक्षक लालबहादुर रोकाया रहेका छन्।

मंगल कामीले   आफ्नो थाइल्याड  जाने धोको  पूरा भएको भन्दै खुसी व्‍यक्त गरेका छन्। उनले भने, 'थाइल्याडमा  गएर तेकवान्दो खेल खेल्नेछु  जुम्लाको पहिचान राख्नेछु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.