४५ दिनभित्रमा काम सक्ने सहमति

|

विराटनगर : स्थानीयको विरोधपछि रोकिएको दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माण ४५ दिनभित्रमा सक्ने सहमति भएको छ।

मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करिब तीन किलोमिटर तार तान्‍न नदिएपछि निर्माणमा भएको अवरोध हटेसँगै यो सहमति भएको हो।

अवरोध हटाउन प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेलगायतसँग छलफल गरेका थिए ।

छलफलमा प्रसारण लाइनको अवरोध हटाउन आवश्यक प्राविधिक पक्षको अध्ययन गरी ४५ दिनभित्रमा निर्माण सक्ने निर्णय गरिएको मुख्यमन्त्री राईले जानकारी दिए।

‘यो प्रसारण लाइन बन्‍न नसन्दा मोरङका उद्योग र उपभोक्ताले भरपर्दो विद्युत पाउन सकिरहेका छैनन्। त्यसैले समस्या समाधान गरी निर्माण तत्काल सुरु गरौं,’उनले भने, ‘तारलाई भूमिगत गर्ने या अन्य प्राविधिक विकल्पको तत्काल खोजी गरी ४५ दिनभित्र काम सकौँ। यसका लागि सम्पूर्ण उपायअपनाइने छ ।’

मुख्य मन्त्री राईले निर्माणमा अवरोधपछि समस्या समाधान गर्न यसअघि मोरङ ४ का संघीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायीसँग छलफल गरेका थिए ।

शुक्रबारको छलफलमा संसद मोदीले यो प्रसारण लाइन निर्माणमा आफूले अवरोध नगरेको प्रष्ट पारे । ‘लाइन निर्माणमा मोदीले पैसा मागेर अवरोध गर्यो भन्‍नेसम्मका गलत आरोप ममाथि लगाइयो, तर मैलै कोहीसँग पैसा मागेको छैन', उनले भने, 'लाइन निर्माण हुनुपर्छ भन्दै सुरुबाटै निरन्तर सहयोग गरिरहेको व्यक्तिमाथि झुटो आरोप लगाइयो।

यी आरोपमा सत्यता नभएको बताउँदै उनले लाइन निर्माणको काम तत्काल थाल्न आग्रह गरे। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा विद्युत् आपूर्तिलाई सुधार गर्न पहल गरिने बताए ।

प्राधिकरणले कहिले पनि प्रसारण लाइन निर्माणमा संघीय सांसदले पैसा मागेर अवरोध गरेको भनेर नभनेको प्रष्ट पारे। ग्रामथाम गाउँपालिका अध्यक्षले प्रसारण लाइन निर्माणमा अवरोध नहुने बताए ।

प्रसारण लाइनको ग्रामथानको गिदनीय टोलमा ३ किलोमिटर क्षेत्रमा बाहेक सबै स्थानमा लाइन निर्माण भइसकेको छ । सबस्टेसन निर्माण भइसकेको छ । तीन किलोमिटर तार तानिसकिएपछि प्रसारण लाइन र सबस्टेसनको चार्ज गरी संजालमा ल्याइने छ ।
अहिले कटहरी क्षेत्रमा टंकीसिनबारी र विराटनगर रानी सबस्टेसनको ११ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ। टंकिसिनोँरी सब-स्टेसन अब थप लोड धान्‍न सक्ने अवस्थामा छैन।

दुहबी-कटहरीको ३३ केभी प्रसारण लाइन सञ्चालनमा आउना साथ कटहरी-रंगेली करिडोरमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान हन्छ। विराटनगरमा समेत भोल्टेजको समस्या देखिने छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.