|

काठमाडौं : दोस्रो भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल गायिका सम्झना पाण्डेले 'ढाक्यो मायाले' गीतको भिडियो सार्वजनिक गरेकी छिन्। जसमा गायिका पाण्डेलाई नेपाल आइडलबाट चर्चामा आएका गायक बिक्रम बरालले स्वरमा साथ दिएका छन्।

किशोरावस्थामा रहेको कुनै पनि प्रेमी जोडीले देखाउने रोमान्टिक प्रेम कथालाई भिडियोमा गज्जबसँग प्रस्तुत गर्न सफल भएका छन् निर्देशक शान थापाले। भुपिन्द्र महतको शब्द सिर्जना रहेको गीतमा चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको छ। अर्जुन तिवारीको छायांकन रहेको गीतमा नकुल खड्काको  सम्पादन रहेको छ। जसमा कोरियोग्राफी राजिव समिरले गरेका छन्।

हेर्नुहोस् भिडियो 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.