|

काठमाडौं : नेपालमा जारी महिला क्रिकेटको सर्वाधिक ठुलो फ्रेन्चाइज प्रतियोगिता वुमेन्स च्याम्पियन्स लिग (डब्लुसीएल) मा चितवन राइनोज अपराजित रहँदै प्लेअफमा स्थान बनाउन सफल भएको छ। शनिबार भएको प्रतियोगिताको आफ्नो तेस्रो खेलमा पोखरा पल्टनलाई हराउँदै चितवन प्लेअफ पुग्ने पहिलो टिम बन्यो।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा पोखरा पल्टनमाथि सहज जित निकाल्ने क्रममा उसले ७ विकेटले नतिजा आफ्नो पक्षमा पार्यो। पोखराले दिएको १ सय २८ रनको लक्ष्य चितवनले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो। चितवनको जितमा काजल श्रेष्ठले ५१ रनको अर्धशतकीय इनि खेलिन उनी प्रतियोगितामा अर्धसतक पुरा गर्ने पाँचौ खेलाडी बनिन्।

त्यसअघि सिता रानामगरले पनि अर्धसतक प्रहार गर्दै चितवनविरुद्ध मध्यम स्कोर बनाउँन सहयोग गरेकी थिइन्। त्यस्तै कन्चन श्रेष्ठले २९ तथा कप्तान इन्दु बर्माले २४ रन बनाईन्। पोखराकी अन्जली चन्दले २ विकेट लिईन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो। पोखराका लागि कप्तान सिता राना मगरले अर्धशतकीय इनिङ खेलिन्। सिताले ५६ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६५ रनको अविजित इनिङ खेल्दा उनलाई मञ्जु बोगटीले अविजित २४ रन बनाएर साथ दिइन्।

थप स्कोरका रुपमा कविता कुवरले १५ जोडिन् । पोखराका अन्य खेलाडीले भने दोहोरो स्कोरको अंक छुन सकेनन्। चितवनका कबिता गौतम २ र रेखा रावलले १ विकेट हात पारे। जितसँगै अपराजित चितवनले ३ खेलमा ६ अंक जोडेको छ। पोखराको भने यो लगातार तेस्रो हार हो। पोखरा अंक विहिन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.