|
प्रतीकात्मक फोटो

बारा : बाराको निजगढ नगरपालिका १ सिगौंलस्थित धन्सार खोलामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।

खोलामा ढुंगा लोड गर्न गएको ना६प ९६८७ नम्बरको ट्याक्टर पल्टिँदा चालक निजगढ १ सिगौंलका २८ वर्षीय दशा गुरोको घटनास्थलमा नै मृत्यु भएको हो।

दुर्घटनामा मजदुर कृष्ण नेपाली घाइते भएका छन्। उनलाई उपचारको लागि वीरगन्ज पठाएको र मृतक गुरोको शव परीक्षणका लागि चन्द्रपुर अस्पताल लगिएको इलाका प्रहरी नायव उपरीक्षक नन्दकिशोर सिंहले जानकारी दिए।

नगरपालिकाले नदी निकासी र पैठारी रोक लगाएको अवस्थामा ट्याक्टर रौतहटमा घरयासी प्रयोजनका लागि ढुंगा निकाल्ने क्रममा दुर्घटनामा परेको स्थानीले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.