|

सुर्खेत : संघीय सरकारका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णालीलाई राष्ट्रिय विकासको मुल प्रवाहमा समावेश गर्ने प्रक्रिया जारी रहेको बताएका छन्।

सबै भन्दा सबै हिसाबले पछि परेको कर्णालीलाई तत्काल रातारात विकास गर्न नसकिने भन्दै मन्त्री बस्नेतले विकासको मार्गचित्र कोरिसकेको मन्त्री बस्नेतले बताए।गृह जिल्ला जाजरकोट जाने क्रममा सुर्खेत विमान स्थलमा प्रेस संगठन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले हिजोको अस्थिर राजनीतिक अवस्थाका कारण कर्णालीको विकासको स्पष्ट खाका बन्न नसके पनि अब विकास निर्माणका लागि कुनै कसर बाँकी नरहने बताए। 

‘विगतका सरकारहरू १ वर्ष पनि नटिक्ने गरेकाले विकासको उचित खाका बन्न नसकेको हो’ मन्त्री बस्नेतले भने, ‘अवका पूर्ण बहुमतको सरकारले विकास निर्माणमा कुनै कसर बाँकी राख्दैन। तपाइँहरू ढुक्क हुनुहोस्।’ विशेष गरी कर्णालीको समृद्धिका लागि राष्ट्रिय एजेन्डा बनाई अघि बढेको मन्त्री बस्नेतको भनाई छ।

वर्तमान सरकार जनचाहना अनुरुप काम गर्न प्रतिवद्ध रहेको भन्दै उनले चालु आर्थिक वर्ष मुलुकको विकासका लागि महत्वपूर्ण रहने दावी गरे। संघीयताको मर्म अनुसारका संरचना निर्माण र कानुन निर्माणमा समय खर्चनु परेकाले विकासले गति लिन नसकेको स्वीकार गर्दै मन्त्री बस्नेतले अव भने प्रदेशको पुनसंरचना निर्माणको काम द्रूत गतिमा हुने बताए।

‘कानुन निर्माण र संररचना निर्माणमा सरकारले अहिलेसम्म समय खर्च गरेको छ। जुन आवश्यक थियो’ उनले भने, ‘अव विकासले तीव्र गति लिन्छ।’ पूर्व अभ्यास नभएकोले प्रदेश सरकारलाई काम गर्न कठिनाई भएको उनको भनाई थियो। पार्टीको एकताको प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै उनले केही स्थानीय तहमा एकीकरणले व्यवहारिक लिदै गरेको बताए। कतिपय विभागीय कामले तिहार लगत्तै पूर्णता पाउने उनले जनाकारी दिए।

अर्को एक प्रसंगमा मन्त्री बस्नेतले चिनियाँ राष्ट्रपतिको भ्रमण कर्णालीको विकासका लागि उपललव्धिमूलक रहेको जिकीर गरे। नेपाल र चीनबीच भएको सम्झौतमा सुर्खेत हिल्सा सडक निर्माणले प्राथमिकता पाएको उनको भनाई छ। सुर्खेतका बाढीपीडितको समस्या समाधान प्रक्रिया अघि वढेको बताउँदै उनले यसको समाधानका लागी सरकारले कानुन निर्माण गरिसकेकोे जानकारी दिए। साथै उनले भूमिहीनका लागि पनि सँगै समस्या समाधान गर्ने जानकारी दिए। 

सुर्खेतमा विमानस्थल निर्माणका लागि  जग्गाको समस्या भएको र समाधानका लागि आवश्यक तयारी भइरहेको उनले बताए। नेपालगंजबाट विद्युत प्रशारण लाइन विस्तार लगाएतका कामको प्रक्रिया अघि वढेको उनको भनाई थियो। भूमिहीनको समस्याको सरकारले समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे। यसैबीच मन्त्रिपरिषद हेरफेरको कुरा मिडिया बाजी मात्रै भएको बताएका छन्।

मन्त्रिपरिषद हेरफेरको कुरा चल्न लागेको एक वर्ष भन्दै बढी समय भइसकेको भन्दै मन्त्री बस्नेतले अव त मिडियाले पनि लेख्दा पनि सोच्नु पर्ने बेला आएको बताए।
‘मन्त्री परिवर्तनका कुरा चलेको धेरै भइसक्यो। अझै पनि चल्दै छ’ उनले भने, ‘एक वर्षसम्म किन परिवर्तन भएन। मिडियाले पनि सोच्ने बेला आए जस्तो लाग्छ।’

मन्त्री हेरफेरको हल्ला लामो समयदेखि चलिआए पनि त्यो मिडियाबाजी मात्रै भएको उनको तर्क छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.