|

उदयपुर : तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भएको झण्डै डेढ वर्षपछि नेकपा उदयपुरको सपथ ग्रहण सम्पन्न भएको छ।

दुवै पार्टीको एकताबाट बनेको नेकपा उदयपुरको जिल्ला कमिटीको शनिबार सपथ ग्रहण भएसँगै औपचारिक रूपमा पूर्णता पाएको हो। नेकपा प्रदेश १ का इन्चार्ज भीम आचार्यले सपथ ग्रणह गराएको नेकपा उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवाल दिवशले जानकारी दिए।

अध्यक्ष र सचिवसहित पूर्वएमालेबाट ९० र पूर्वमाओबादी ७० गरी जम्मा एक सय ६२ जनाको जिल्ला कमिटी बनेको अध्यक्ष कटुवालको भनाइ छ। कमिटीको अध्यक्षमा पूर्वमाओवादीका कटुवाल र सचिव पूर्वएमालेका इश्वरमणि राउत छन्।

जिल्ला कमिटीले औपचारिक रूपमा सपथ ग्रहण गरेसँगै चार नगरपालिका र चार गाउँपालिकाको पनि पार्टी एकता टुंगो लगाउने नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरले बताए। ‘जिल्ला कमिटीले उदयपुरका आठ स्थानीय तहमा बन्ने कमिटीको लागि अध्यक्ष र सचिवको नाम प्रदेशमा सिफारिस हुन्छ,’ उनले भने, ‘वडा कमिटीको हकमा जिल्लाले नै टुंगो लगाउने छ, जिल्लाले सिफारिस गरेको आधारमा प्रदेशले स्थानीय तह टुंगो लगाउने छ।’

स्थानीय रामजानकी पार्टी प्यालेसमा भएको सपथ ग्रहण कार्यक्रममा राष्ट्रिय जनमोर्चा उदयपुरको जिल्ला पूर्वअध्यक्ष तथा राष्ट्रिय परिषद सदस्य तिलकमान विक प्रवेश गरेका छन। कार्यक्रममा प्रदेश इन्चार्ज आचार्य, सहइन्चार्ज सावित्री काफ्ले र सचिव सुरेशकुमार राई (हिमाल) को उपस्थिति रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.