|

काठमाडौं : चिनियाँ अभिनेत्री सी छिङ नेपालको भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छन्।

उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त गरेका हुन्। नेपाल भ्रमण वर्ष २०२० सचिवालयले शनिबार औपचारिक कार्यक्रम गर्दै सद्भावना दूतको रूपमा उनलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ। छिङ अन्तर्राष्ट्रिय मञ्चहरूमा विशेषरूपमा चिनारी भएकी चिनियाँ कलाकार तथा सिलिब्रेटी हुन्।

मन्त्री भट्टराईले सामाजिक संजाल फेसबुकमा सम्झौता गर्दै गरेका तस्विर शेयर गर्दै लेखेका छन्, 'सामाजिक संजाल विइबोमा करिब १ करोड ६० लाख मानिसहरूले फछ्याएकी, हलिउडलगायत अन्तर्राष्ट्रिय मंचहरूमा विशेषरूपमा चिनारी भएकी चिनियाँ कलाकार तथा सिलिब्रेटी सु छिङ (समर छिङ)लाई आज भ्रमण वर्ष २०२० को सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरिएको छ। उहाँको भ्लगलाई भने १ अर्ब १३ करोडले 'भिजिट' गरेको देखिन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.