|

काठमाडौं : र्‍यापर तथा हिप-पप गायक भरत समारीको नयाँ गीत 'ठिक छ ठिक छ' को म्युजिक भिडियो सार्वजनिक भएको छ।

दर्जनौं चर्चित र्‍यापर गीत तथा अन्य गीतहरू नेपाली सांगीतिक आकाशमा पस्किसकेका गायक पछिल्लो समय चर्चामा रहेका छन्। उनी अहिले विभिन्न महोत्सव तथा विदेशको कार्यक्रममा समेत ब्यस्त बन्दै गएका छन्।

शब्द संगीत गायक भरत समारीको नै रहेको यस गीतको म्युजिक भिडियोमा समेत गायक आफैँले अभिनय गरेका छन्। ‘ठिक छ ठिक छ' मा भरत समारीसँगै एलिशा आरएल थापा, रोहिनी श्रेष्ठ, रोहन श्रेष्ठ, रोहन खत्री, मायुल जोशी, आकाश गिरी, बिपिना  बल तामाङको अभिनय रहेको छ। देब थापाले छायांकन गरेको सार्बजनिक म्युजिक भिडियोलाई ध्रुव बिस्कोले निर्देशन गरेका हुन्।

सांगीतिक क्षेत्रमा लागेर चर्चाको शिखरमा पाइला टेक्दै गरेका भरत समारीको अन्य नयाँ नयाँ सांगीतिक कोसेली समेत आउने क्रममा छ।

भिडियो हेर्नुहोस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.