|

विराटनगर : कवि-साहित्यकार शशिकिरणद्वारा लिखित ‘बधाई छ !’ कविता संग्रह लोकार्पण भएको छ। विराटनगरस्थित आहोरण गुरुकुल शुसिला कोइराला नाटकघरमा शनिबार आयोजित कार्यक्रमबीच प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कविता संग्रहको विमोचन गरे। 

विमोचित कविता संग्रहको बिषयमा टिप्पणी गनुहुँदै कवि साहित्यकार सीमा आभाषले विमोचित कविता संग्रहमा २०५० सालयताका राजनीतिक क्रान्ति र जनयुद्ध सकिएपछिको धङ्धङीका विषयबस्तुहरु कविताको माध्यमबाट समेटिएको बताए। कोशी सांस्कृतिक प्रतिष्ठान नेपालले प्रकाशनमा ल्याएको १०६ पृष्ठको कविता संग्रहमा विभिन्न ५२ वटा कविता समेटिएका छन्।

पहिलो चरणमा १ हजार प्रति छापिएको संग्रहको मूल्य ३ सय रुपैयाँ निर्धारण गरिएको छ। तत्कालीन माओवादी जनयुद्धमा सामेल भएका नेकपा मोरङका सचिव गणेश उप्रेती ‘शुसिल’को लेखकीय नाम शशिकिरण हो। यसअघि उनको पहिलो कृतिको रुपमा कथा संग्रह प्रकाशन भइसकेको छ।

विमोचन समारोहमा प्राज्ञ, कवि साहित्यकार र राजनीतिक ब्यक्तित्वहरूको सहभागिता थियो। सो अवसरमा विभिन्न श्रष्टाहरूले आफ्नो रचनासमेत बाचन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.